काठमाडौं । गत आइतबार (जेठ ४) मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको लागि सिफारिसमा परेका नेपाल प्रहरीका साठी जना अधिकृतको सिफारिस गृहमन्त्रालयले सदर गरेको छ ।
बढुवा सिफारिस सदर भएसंगै प्रहरी प्रधान कार्यालयले आगामी बुधबार बढुवा भएका साठी जना डीएसपीलाई दर्ज्यानी चिन्हले सुशोभन गर्ने कार्यक्रम तय गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक आन्तरिक सर्कुलर जारी गर्दै बढुवा भएका डीएसपीहरुलाई बुधबार बिहान प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्नेगरि बोलाएको छ ।
आईजीपी ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा गत आइतबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले मध्यरातमा डीएसपी बढुवाको सिफारिस सुची प्रकाशित गरेको थियो । एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव र गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सदस्य रहेको बढुवा समितिले बिभागिय टोलिबाट पृथ्वीनारायण ओलीलाई डीएसपी बढुवाको पहिलो नम्बरमा सिफारिस गरेको थियो ।
उक्त बिभागिय टोलि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट बढुवा हुँदै प्रहरी निरिक्षकसम्म पुगेको थियो । बढुवा सुचीको दोश्रो नम्बरमा केदार राज पन्त, तेस्रोमा जयराम कुइकेल, र चौथो नम्बरमा कविन्द्रकुमार कार्की डीएसपीमा बढुवा भएका छन् । उनिहरु सबै बिभागिय बढुवा टोलिका अधिकृत हुन् ।
भविष्यमा नेपाल प्रहरीको नेतृत्वमा जाने ब्याच (पिजिडिपिएस चौथो समूह) बाट सन्जिबबाबु खड्का पहिलो नम्बरमा बढुवा भएका छन् । प्रहरीमा ब्यबसायिक अधिकृतको छवि बनाएका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेको उक्त ब्याचबाट दोश्रो नम्बरमा पन्चकुमार बाखु, तेस्रोमा प्रमेश बिष्ट, चौथोमा नविनराजा बुढाथोकी, पाँचौमा सुर्यबहादुर थापा, छैठौंमा कुमारप्रसाद मैनाली, सातौमा ईन्द्रबहादुर राना, आठौंमा पुर्णिमाकुमारी चन्द, नवौंमा प्रतीक बिष्ट र दशौ नम्बरमा नारायण डाँगी डीएसपी बढुवामा परेका छन् ।
त्यस्तै उमेश जोशी, शर्मिला गुरुङ, चतुर्भुज ओझा, होमबहादुर पराजुली, राकेश थापा, सुवास खड्का, चन्चला श्रेष्ठ, सुवास हमाल, रुपा लाबुङ, अमरबहादुर थापा क्षेत्री लगायतका प्रहरी निरिक्षकहरु प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।
हेर्नुस सूची