कास्की । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले आज जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र मातहतका प्रहरी कार्यालयहरु साथै जिल्ला अन्तर्गत पर्ने नेपाल-भारत सिमा क्षेत्रको समेतको निरीक्षण गरि त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाह लगायत समसामयिक विषयमा निर्देशन सम्बोधन गरेका छन् ।
छिमेकी राष्ट्र भारतमा दिनप्रतिदिन बढीरहेको कोरोना संक्रमणका कारण गण्डकी प्रदेशको एक मात्र तराई एवं भारतीय सिमावर्ती जिल्ला नवलपरासी पूर्वका विभिन्न स्थानबाट हुन सक्ने अनाधिकृत आवागमनका कारण समग्र प्रदेश नै सम्भावित जोखिममा पर्न सक्ने अवस्थालाई मध्येनजर गर्दै डीआईजी अर्यालले उक्त स्थलगत अवलोनक एवं निरीक्षण गरेका हुन् ।
निरीक्षणको शिलसिलामा जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्व पुगेका प्रहरी नायव महानिरिक्षक अर्यालले जिल्ला मातहतको ईलाका प्रहरी कार्यालय गैंडाकोट, दुम्किबास, त्रीवेणी, प्रहरी चौकी दाउन्ने समेतको निरीक्षण तथा अवलोकन गरेका छन् ।
त्यसतै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मीले डीआईजी अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरसक संक्रमण फैलन नदिन साथै सिमावर्ती क्षेत्रबाट हुने अनाधिकृत प्रवेश रोकथामका लागि प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा जानकारी गराएका थिए ।
प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डीआईजी अर्यालले उक्त सिमावर्ती जिल्लाबाट हुन सक्ने अनाधिकृत प्रवेशबाट गण्डकी प्रदेश लगायत समग्र देशमा नै आईपर्न सक्ने सम्भावित भयाभह अवस्थालाई पूर्वानुमान तथा महशुस गरि सिमा क्षेत्र तथा राजमार्गमा हुने अनावश्यक आवागमनमा कडाईका साथ रोक लगाउन निर्देशन दिएका छन् ।
साथै संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न गराउन समेत निर्दैशन दिएका छन् ।
त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै डीआईजी अर्यालले प्रहरी सेवा प्रवहा गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।