काठमाडौं । बढुवा समितिको बैठकले आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ।
आईजीपी ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा आइतबार साँझदेखि बसेको बढुवा समितिको बैठकले मध्यरातमा डीएसपी बढुवाको सिफारिस सुची प्रकाशित गरेको छ । एआईजी शैलेस थापा क्षेत्री सदस्य सचिव र गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सदस्य रहेको बढुवा समितिले बिभागिय टोलिबाट पृथ्वीनारायण ओलीलाई डीएसपी बढुवाको पहिलो नम्बरमा सिफारिस गरेको छ । उक्त बिभागिय टोलि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट बढुवा हुँदै प्रहरी निरिक्षकसम्म पुगेको थियो ।
आइतबार मध्यरातमा प्रकाशित बढुवा सुचीको दोश्रो नम्बरमा केदार राज पन्त, तेस्रोमा जयराम कुइकेल, र चौथो नम्बरमा कविन्द्रकुमार कार्कीको नाम डीएसपी बढुवाको लागि सिफारिस भएको छ। उनिहरु सबै बिभागिय बढुवा टोलिका अधिकृत हुन् ।
भविष्यमा नेपाल प्रहरीको नेतृत्वमा जाने ब्याच (पिजिडिपिएस चौथो समूह) बाट सन्जिबबाबु खड्का पहिलो नम्बरमा बढुवाको लागि सिफारिसमा परेका छन् । प्रहरीमा ब्यबसायिक अधिकृतको छवि बनाएका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेको उक्त ब्याचबाट दोश्रो नम्बरमा पन्चकुमार बाखु, तेस्रोमा प्रमेश बिष्ट, चौथोमा नविनराजा बुढाथोकी, पाँचौमा सुर्यबहादुर थापा, छैठौंमा कुमारप्रसाद मैनाली, सातौमा ईन्द्रबहादुर राना, आठौंमा पुर्णिमाकुमारी चन्द, नवौंमा प्रतीक बिष्ट र दशौ नम्बरमा नारायण डाँगीको नाम बढुवाको लागि सिफारिस भएको छ ।
त्यस्तै उमेश जोशी, शर्मिला गुरुङ, चतुर्भुज ओझा, होमबहादुर पराजुली, राकेश थापा, सुवास खड्का, चन्चला श्रेष्ठ, सुवास हमाल, रुपा लाबुङ, अमरबहादुर थापा क्षेत्री लगायतका प्रहरी निरिक्षकहरु प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको सिफारिसमा परेका छन् ।
हेर्नुस बढुवा सूची