काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । झापा, चितवन, मोरङ, धनुषा, नवलपरासी (पश्चिम),रामेछाप, दाङ र रुपन्देहीमा भएका दुर्घटनामा ९ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये झापा, मेचीनगर नगरपालिका-१० स्थित सडकमा को.१ ख ७६६५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा सोही नगरपालिका-९ बस्ने ६० वर्षीयको घनश्याम गर्तौलाको घट्नास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२९ रिद्धीखोलास्थित सडकमा बा.१ प ५०५ नम्बरको बस र ग.१ च ७३०८ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्याङ्जा घर भएका ४८ वर्षीय होम बहादुर थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जनालाई नयाँ मेडिकल कलेज भरतपुरमा र अन्य २ जनालाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-१० स्थित सडकमा को.१६ प ३३३९ नम्बरको मोटरसाइकललाई को.१७ प.६१४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका को.१६ प ३३३९ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका बस्ने संखुवासभा खाँदबारी-१ घर भएका ३३ वर्षीय भोलामान तामाङको बेलबारी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका को.१६ प ३३३९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । को.१७ प. ६१४४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, नगराईन नगरपालिका-३ स्थित सडकमा ना.६ त ४०२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने सितल मंडल खत्वेको १४ बर्षीय छोरा राम जिवन मण्डल खत्वेलाई उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-४ बैरिहवास्थित सडकमा लु.७ प ७३३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका रामग्राम नगरपालिका-२ बस्ने २७ वर्षीय समिर खानको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २६ वर्षीय सुरज हलुवाइको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रामेछाप, मन्थली नगरपालिका-६ कुनौरीस्थित सडकमा बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा एम्बुलेन्स चालक सोही ठाउँ बस्ने २३ वर्षीय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु छ । दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार सिन्धुली गोलन्जोर गाउँपालिका-७ बस्ने १८ वर्षीय सुरज श्रेष्ठलाई तामाकोशी सहकारी अस्पताल मन्थली हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रेतर्फ पठाइएको छ ।
यसैगरी दाङ, लमही नगरपालिका-९ च्याउखोलास्थित सडकमा भे.१ च १८४९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार बाँके बैझनाथ गाउँपालिका-४ बस्ने २० वर्षीय महेश ओलीको घटनास्थलमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-६ कलौनीस्थित सडकमा ना.७ ख ५९४८ नम्बरको बसले लु.८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु छ । बस चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटना भएका सबै स्थानामा तत्काल गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।