काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाडौं सुरक्षा योजना लागु गर्ने बताएका छन् ।
डीआईजी पोखरेलले महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको आयोजनामा आइतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको सभाहलमा आयोजना गरेको “शान्ति सुरक्षामा स्थानिय प्रहरीको भूमिका" विषयक छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिंदै सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै डीआईजी पोखरेलले भुतपूर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधि र स्थानिय बासिन्दाहरुको महत्वपुर्ण सल्लाहसुझावहरूलाई आत्मसाथ गर्दै अगाडी बड्ने बताए । समय सापेक्षा अनुसार संगठनको आन्तरिक तथा बह्य सुधारका प्रयासहरु गरेको बताउदै त्यसैको पहिलो कडि प्रहरी मेश सुधार अभियान चलाएको बताए । समाज बिकासका लागि आधरभुत तत्व सुरक्षा रहेको बताए । प्रहरीको बोलीचाली र व्यवहारहरू क्रमश सुधार भईरहेको बताउदै यस्ता किसिमका छलफल कार्यक्रमहरुले नागरिक र प्रहरी विच सकारात्मक भावाना वृद्धि हुने बताए ।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले प्रहरीलाई सहयोग गर्न तयार छौ तर नितिगत समस्यका कारणले सोचे जस्तो सहयोग गर्न कठिनाई भइरहेको र आवश्यक कानुनहरु निमार्ण गरी सहयोग गर्ने प्रतिबद्धता गर्दै यस्ता कार्यक्रमहरु समय समयमा गरिनु पर्ने कुरा ब्यक्त गरे ।
उक्त कार्यक्रमममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) जय बहादुर चन्दले प्रहरीको गरिमा बस्ती र गस्तीमा हुनुपर्ने बताउदै जनतासंग नियमित रुपमा सम्पर्क रहनुपर्ने बताए ।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका विभिन्न वडाका, वडा अध्यक्षहरू,पूर्व वरिष्ठ अधिकृत र स्थानिय बासिन्धाहरूले आ-आफ्ना अमूल्य सुझाव दिएका थिए ।