काठमाण्डौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखाको हाता भित्र प्रहरी मेश (भान्साघर) भवनको बुधबार एक कार्यक्रमका बीच शिलन्यास गरेका छन् ।
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले दर्जागत मेशलाई हटाई एउटै एकिकृत मेश सुधार तथा निर्माण अभियान उपत्यकाको सबै कार्यालयहरूमा संचालन गरिएको स्मरण गराउँदै पहिलेदेखि मेश भवन भएको ठाउलाई सुधारिएको र अत्यन्तै जीर्ण भएको ठाउँमा नयाँ भवन निर्माण गर्ने लक्ष्य अनुरूप ट्राफिक महाशाखामा नयाँ मेश भवन निर्माण गर्न लागिएको जानकारी दिए ।
ठुलो संख्यामा रहेको जवान र हबल्दारले संगठनमा सबैभन्दा बढी काम गर्ने, संगठनको मेरुदण्डको रूपमा रहेका तल्लो दर्जाको प्रहरी कर्मचारीहरूको सेवा सुविधा, उनीहरूको डिउटी र उनीहरूले प्राप्त गर्ने सुविधालाई तुलना गर्ने हो भने धेरै फरक रहेको बताए ।
चौबिसै घन्टा डिउटीमा खटिने प्रहरीको लुगा धुन सुविधा होस भनेर ट्राफिक प्रहरी महाशाखालाई १ थान वासिङ्ग मेसिनसमेत हस्तान्तरण गरे ।
प्रहरी कार्यालयहरूमा बस्ने व्यारेक, पानि, ट्वाइलेट लगायत धेरै समस्याहरू रहेकाले सरकारले गर्देला भने भन्दा पनि, मेरो भुमिका वा हाम्रो भूमिका कहाँ छ अरू भन्दा विशेष कसरी देखिन्छु भने भावाना राख्छ उसले परिवर्तन ल्याउन सक्छ भन्दै हामीमा भएको समस्याहरू एक एक गरी समाधान गर्ने र कर्मचारीहरूको लागि सुविधाहरू थप्दै लाने लक्ष्यअनुरूप ट्राफिक प्रहरी महाशाखालाई वासिङ्ग मेसिन हस्तान्तरण गरिएको र अन्य कार्यलयहरूलाई पनि हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए ।
प्रहरी प्रधान कार्यालयबाट विनियोजित कुल १२ लाख ७३ हजार ८ सय ८६ रूपैयाँको लागतमा ४५ दिन भित्रनै निर्माण सम्पन्न गर्ने प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए । मेश सुविधा सम्पन्न, वातावरण मैत्री, स्वच्छ र सफा हुने समेत उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले काठमाण्डौँको धुलो धुवामा चौविसै घण्टा खटिने ट्राफिक प्रहरीलाई लुगा धुन र नुहाउन पनि फुर्सद नहुने अवस्थामा वासिङ्ग मेसिनले ट्राफिक प्रहरीलाई धरै सहज हुने विश्वास व्यक्त गर्दै यस कार्यमा सहयोग गर्ने प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई धन्यवाद दिए साथै मियामा इलेक्ट्रिक स्कुटर सोरूमले दिएको १ थान इलेक्ट्रिक स्कुटरले सवारी साधनमा लागु गरिएको आरक्षण सिट लागु भए नभएको अनुगमनको लागि खटईने जानकारी समेत दिए ।