गणेश मौनी । सडकको एक भाग बाट अर्को भागमा जान सुरक्षित र सहजता होस भन्ने हेतुले विद्यार्थीहरुलाई जेब्राक्रसिङको बारेमा जानकारी गराईदै छ ।
डोटीको जोरायल गाउँपालिका २ अन्तर्गत भिमदत्तराज मार्गमा पर्ने बुडर बजार क्षेत्रमा रामपुर माध्यामीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जेब्राक्रसिङ बनाई बाटो काट्ने तरिकाबारे जानकारी गराएको अस्थायी ट्राफिक प्रहरी पोष्ठ बुडरका प्रहरी हवल्दार भरत शाहीले बताए । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने हेतुले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुका साथै नियमीत रुपमा चेकजाचँ गरिरहेको समेत हवल्दार शाहीले बताए ।
ट्राफिक प्रहरीले चेकीङमा कडाई गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दा सडक दृघटनामा न्यूनिकरणमा सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी सहायक निरिक्षक असोक खड्काले बताए । उनले भने‘नियमीत रुपमा चेकजाँच गर्नु त हाम्रो काम हो त्यसको अलवा ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरुलाई , समुदायकका मानिसहरुलाई जनचेतना मुलक कुराहरु जानकारी गराउदै आएका बताए ।
ट्राफिक चेकीङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाईकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरि सवारी साधन चलाउने, सिटबेल्ट नबाध्ने लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिने ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली र कंञ्चनपुर जिल्ला बाहेकका अन्य पहाडी जिल्लाहरुको लागि जेब्राक्रसिङको बारेमा जानकारी गराउनु नयाँ विषयबस्तु हो । पहाडी जिल्लाहरुमा सवारी साधनहरुको धेरै चाप नहुदाँ जेब्राक्रसिङ मार्फत सडक वारपार गर्न बिधी प्रचलनमा आएको छैन् ।
ट्राफिक प्रहरी डोटी जिल्लाको आवश्यकता अनुसार कम भएपनि जिल्लाका मुख्य बजारहरु बुडर, बिपीनगर, सानागाँउ, तिनतालि, सिलगढी र दिपायलमा चेकजाचँ हुने गर्दछ ।