डोटी । ट्राफिक प्रहरीले बिगत तीन वर्षको अवधिमा सुदुरपश्चिम प्रदेश बाट दश करोड रुपैयाँ राजस्व संकलन गर्नुका साथै एक लाख ४० हजार ४१ सवारी साधनहरुलाई कारबाही गरेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष ०७३ साउन देखि ०७६ असार मसान्त सम्म दश करोड ७ लाख २८ हजार राजश्व संकलन भएको जानकारी दिएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा १ करोड ७९ लाख ७२ हजार राजस्व संकलन भएको हो ।
आर्थिक वर्ष ०७३र७४ मा २ करोड ७५ लाख २३ हजार, ०७४र७५ मा ३ करोड ३० लाख, ६५ हजार ५ सय र ०७५र७६ मा ४ करोड १ लाख ३९ हजार पाच सय रुपयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
राजश्व संकलन सबै भन्दा बढी कैलालीबाट रहेको छ आर्थिक वर्ष ०७३र७४ देखि चालु आ.व.को मंशिर मसान्त सम्म ५ करोड ५९ लाख ४५ हजार रहेको छ ।
कञ्चनपुरमा १ करोड ८६ लाख १५ हजार, डडेल्धुरामा ७५ लाख २९ हजार पाचँ सय,बैतडीमा ४८ लाख ७० हजार,दार्चुलामा ७३ लाख ५० हजार पाचँ सय, डोटीमा ७७ लाख तिन हजार पाचँ सय र अछाममा ४७ लाख ७ हजार पाचँ सय संकलन भएको छ । सबै भन्दा कम बाजुराबाट १४लाख १७ हजार राजश्व संकलन भएको छ भने बझाङ्ग जिल्लामा भने राजश्व संकलन नभएको तथ्यांकले देखाउँछ ।
त्यस्तै तीन वर्षा यता सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि करिब पाँच सय जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष ०७३ साउनदेखि ०७६ असार मसान्तसम्म सवारी दुर्घटनामा ४८२ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष ०७३र७४ मा एक सय ३३, ०७४र७५ मा एक सय ५७ र ०७५र७६ मा एक सय ९२ जनाको मृत्यु भएको देखिन्छ ।
दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २०२ जना रहेका छन् । कञ्चनपुरमा ९२, डडेल्धुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८ जनाको मृत्यु भएका छ । यस्तै, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ । तीन वर्षको अवधिमा अछाम र बझाङ्गमा भएका दुर्घटनामा भने कसैले ज्यान गुमाउनु परेन । तीन वर्षको अवधिमा दुर्घटनामा एक हजार १८७ घाइते भएका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा भने सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ । यो अवधिमा १५६ जना घाइते भएका छन् ।
सवारी साधनको अवस्था ठीक नभएका, क्षमताभन्दा बढी लोड बोकेका, तीव्र गतिमा सवारी चलाएका, अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी हाँकेकाहरुलाई कारबाही गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने ‘सबै ठाउँमा जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन् तर पनि आफु संग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रुपमा प्रयोग गरेका छौ सेवा प्रवाहमा बाधा हुन दिन्नौ’ सडक दृघटना न्यूनिकरमा, जनचेतना अभिबृद्धी गर्न सबै तह र तप्कामा रहेका ब्यक्तिहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको समेत प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।