बर्दिया । समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-८ सुरजपुरस्थित बालबिद्या मन्दिर प्रावि बर्दियाको प्राङ्गणमा बुधबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला संजाल तथा अन्य सरोकारवाला संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका उप-प्रमुख शुसिला गिरी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, अन्तरपार्टी महिला सन्जालका संयोजक मिथिला फुयाल, स्थानीय तहका जनप्रतिनिधि र महिला सन्जालका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
साथै गुलिरया नगरपालिका-२ संगमबस्ती, बढैयाताल गाउँपालिका-५ जगतपुर, ठाकुरबाबा नगरपालिका-६ बकुवा र गेरुवा गाउँपालिका-४ सतवरीया चोकमा समेत उक्त जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालत बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पीडित समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरेहको उक्त कार्यालयले जनाएको छ ।